Rule 22
विषय परिवर्तन गर्न नदिइने
छात्रवृत्तिमा छनौट भई अध्ययन वा तालीम प्राप्त गरिरहेको व्यक्तिलाई अध्ययन वा तालीमको निमित्त पठाइएको विषय परिवर्तन गर्न दिइने छैन ।
तर कुनै व्यक्तिले सम्बन्धित सरकार वा शिक्षण संस्थाको सिफारिश सहित त्यसरी अध्ययन गरेको वा तालीम लिएको विषय परिवर्तन गर्नु पर्ने स्पष्ट कारण देखाई निवेदन दिएमा र सो विषय परिवर्तन गर्न मनासिब देखिएमा आयोगको सहमति लिई शिक्षा मन्त्रालयले विषय परिवर्तनको स्वीकृति दिन सक्नेछ ।